बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी र तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको मानवीय क्षतिप्रति कांग्रेसले दुःख व्यक्त गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न माग गरेका छन् । साथै कांग्रेसले प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गरेको छ ।

हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै कांग्रेसले सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *