बालकुमारी आन्दोलनमा अर्का घाइतेको पनि मृत्यु

ललितपुरको बालकुमारी क्षेत्रमा काेरियन भाषा प्रशिक्षार्थीले गरेकाे आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

आन्दोलनमा घाइते भएका दुईमध्ये एक जनाको पाटन अस्पताल र एक जनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको परिचय खुलेको छैन। उनीहरू आन्दोलनकारी हुन् वा सर्वसाधरण भन्ने पनि प्रस्ट भइसकेको छैन।

शुक्रबार दिउँसो बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा भएको थियो।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोललित युवाहरूले मन्त्री ज्वालाको गाडी जलाएका हुन्।

मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। सो घटनापछि उत्पन्न तनावको स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर