कोरियन भाषा प्रशिक्षार्थीको आन्दोलनमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु, एक गम्भीर घाइते
१३ पुष २०८० १४:२०
रोजगारीमा जाने प्रयोजनका लागि कोरियन भाषा अध्ययन गरेकाहरूले ललितपुरको बालकुमारीमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ र एक जना गम्भीर घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ ।
गोली लागेर गम्भीर घाइते भएका एक आन्दोलनकारीको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
आफूहरूलाई भाषा परीक्षामा सहभागी नगराएको भन्दै आन्दोलित युवाहरूले शुक्रबार मध्याह्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी साथै सार्वजनिक बस तोडफोड गरेका थिए । सोपछि उत्पन्न तनावको स्थिति नियन्त्रणमा प्रहरीले गोली चलाएको हो ।
प्रतिक्रिया