‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ विवाद समाधान गरिदिन देउवा र ओलीलाई उद्योगीको आग्रह

उद्याेगीहरूले उद्याेगकाे बिजुली काटिएपछि याे समस्या समाधानका लागि  उच्चस्तरीय नेृतृत्वसँग छलफल थालेका छन् ।

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ विवाद समाधान गर्न नेपाल उद्योग परिसंघको नेतृत्वमा प्रभावित उद्योगीहरूले उच्चस्तरीय नेतृत्वसँग छलफल थालेका हुन् ।

परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै ध्यानाकर्षण गराएका छन् ।

मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका उद्योगीले बुधबार बिहान कांग्रेस सभापति देउवालाई भेटेका छन् ।

भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्थाअनुरूप विवाद समाधान हुनुपर्ने बताएको भेटमा सहभागी उद्योगीले बताएका छन् ।

‘कानुनी व्यवस्था विवाद समाधानअनुरूप हुनुपर्छ, सबैले कानुनको पालना गर्नुपर्छ, यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउछौं,’ भनी नेताहरूले आश्वासन दिएको परिसंघले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले उद्याेगले उपयोग नै नगरेको बिजुलीको बिल काटेर भुक्तानी नगरेको भन्दै बिजुली काटेपछि विवाद भइरहेको हो । यसबारे विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरूले पनि आवाज उठाइरहेका छन् ।

आर्थिक संकटले मारमा परेका उद्योगको बिजुली काटेर सरकार र विद्युत प्राधिकरणले उद्योगी तथा उद्योगहरूमा कार्यरत मजदुरहरूलाई अन्याय गरेको भन्दै आलोचना भइरहेको छ । मजदुरहरू रोजगारी संकटमा परेको भन्दै प्रदर्शनमा समेत उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर