
नापी कार्यालय नवलपरासीका अमिन घुससहित पक्राउ


नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार अमिन ढकाललाई चार हजार रूपैयाँ घुससहित उनकै कार्यकक्षबाट पक्राउ गरिएको हो ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा नापजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग रकम माग गरिरहेको उजुरीपछि आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
आयोगले अमिन ढकालविरूद्ध थप अनुसन्धान भइरहेको जनाएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया