
फास्ट ट्र्याक आयोजना प्रमुखकाे जिम्मेवारी सहायक रथी विकास पोखरेललाई


नेपाली सेनाको जिम्मेवारीमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को आयोजना प्रमुखको जिम्मेवारी सहायक रथी विकास पोखरेललाई दिइएकाे छ। यसअघि आयोजना प्रमुख रहेका कमलविक्रम शाहलाई हटाएर पोखरेललाई जिम्मेवारी दिइएको हो।
यसअघि पनि साे जिम्मेवारी सम्हालिसकेका पोखरेललाई फास्ट ट्र्याक आयोजना प्रमुखमा सोमबारबाट पुनः जिम्मेवारी दिने निर्णय जंगी अड्डाले गरेको हो।
पुस ४ मा प्रतिनिधिसभाअन्तर्गतको कानुन व्यवस्था तथा सुशासन समितिमा उपस्थित प्रधानसेनापति प्रभुराम शर्मासमक्ष फास्ट ट्र्याक निर्माणको काम सुस्त भएको भन्दै सांसदहरूले सेनाको क्षमतामाथि प्रश्न उठाएका थिए। सोही कारण जिम्मेवारी हेरफेर गरिएको हुन सक्ने ठानिएको छ।
२०७४ जेठमा शिलान्यास भएको फास्ट ट्र्याकको २०७६ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको थियो। डीपीआर स्वीकृत भएसँगै निर्माण सुरू भएको करिब ७१ किलोमिटर लम्बाइको फास्ट ट्र्याकको म्याद २०८३ चैतसम्म छ।
तर, मंसिर मसान्तसम्म आयोजनाको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। बाँकी ७२ प्रतिशत काम ३ वर्ष ४ महिनामा सम्पन्न हुने सम्भावना कम भएको भन्दै सुशासन समितिमा सांसदहरूले सेनाको क्षमतामाथि प्रश्न उठाएका थिए। तर, प्रधानसेनापति शर्माले सरकारले नै बनाएको कानुनी अड्चनका कारण काम सुस्त भएको दाबी गरेका थिए।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया