राष्ट्रिय अपांग महासंघका पदाधिकारीले अध्यक्षविरूद्ध घोषणा गरे आन्दोलन

राष्ट्रिय अपांग महासंघ, नेपालका अध्यक्ष देवीदत्त आचार्यले आफूअनुकूलका व्यक्तिहरूलाई कर्मचारी नियुक्ति गरेको भन्दै संघीय कार्यसमितिका सदस्यहरूले आन्दोलनको चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघीय कार्यसमितिका सदस्यहरूले आचार्यले आफूअनुकूलका व्यक्तिहरूलाई कर्मचारी नियुक्ति गरेको र भएका कर्मचारीलाई विभिन्न लाञ्छना लगाई कामबाट निकालेको आरोप लगाउँदै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघीय कार्यसमिति उपाध्यक्ष अनिता घिमिरेले तत्काल माग सम्बोधन नभए क्रमशः सबै प्रदेश कार्यालयसमेत बन्द गरी माग पूरा नभएसम्म संघर्ष समिति गठन गरी आन्दोलन गर्ने चेतावनी दिइन् ।

उनले आन्दोलनमा सहभागी हुन अपांगता अभियानकर्मी, राजनैतिक दलका अपांगतासम्बन्धी भ्रातृ संघ, संस्थाहरू, प्रदेश तथा संघीय कार्यसमिति, अपांगता भएका व्यक्तिहरूका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सम्पूर्ण सञ्चारकर्मी तथा नागरिक समाज, अपांगता राष्ट्रिय निर्देशक समिति, मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्लगायत यस अपांगता क्षेत्रमा सरोकार राख्ने सम्पूर्ण क्षेत्र, निकाय तथा व्यक्तिहरूलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *