प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन (तस्बिरसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन  गरेका छन् ।

उक्त सबस्टेसनको उद्घाटन कार्यक्रमका लागी प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगेका हुन् ।

उद्घाटन पछि प्रधानमन्त्रीले सबस्टेसनको अवलाेकन गरेका छन् ।

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण गरिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *