संविधान जारी भएयता दोस्रोपटक सर्वोच्चमा सबैभन्दा ठूलो संख्यामा इजलास बस्दै

सर्वोच्च अदालतमा आजदेखि २० न्यायाधीशको इजलास हुने भएको छ। हिजो शपथ ग्रहण गरेका नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सहति २० इजलासमा बस्नेछ।

पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन्।राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए। उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बस्ने भएको हो।

संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो। यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो।

त्यसपछि घट्दै गएको न्यायाधीशको संख्या १४ मा पुगेको थियो। पाँच जना न्यायाधीश चाहिने हुँदा संवैधानिक इजलास बसेका दिन अन्य इजलास ४ भन्दा बढी गठन हुन नसक्ने अवस्थामा अदालत पुगेको थियो। लामो समयसम्म न्यायाधीश कम हुँदा सर्वोच्चमा मुद्दाको संख्या थुप्रेर २८ हजार पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *