शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्रीले जिम्मेवारीबोध गर्नुपर्छ : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा भएको ‘संक्रमणकालीन न्यायमा बारूदी सुरूङ र विष्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि तीन पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता प्रधानमन्त्री हुँदासमेत यो विषय किन टुंगिन नसकेको भन्दै प्रश्न गरे।

उनले सशस्त्र विद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भए पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसिक्दा पनि किन टुंग्याउन नसकेको भन्ने कुरा रहस्यपूर्ण रहेको बताए। उनले राजनीतिका फाइदा र बेफाइदाका बीचमा शान्ति प्रक्रियाका कामहरू बाँकी रहेको बताए।

नेता रिजालले प्रधानमन्त्री दाहाल शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने चन्दा सत्तामा धेरै केन्द्रित हुने हो भने संक्रमणकालीन न्याय टुंगिन कठिन रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *