उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रूपैयाँ तोकियो

सरकारले उखुको समर्थन यस वर्षको उखुको समर्थन मूल्य तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रूपैयाँ तोकेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसमध्ये उखु मिलले ५६५ रूपैयाँ दिनुपर्नेछ भने सरकारले ७० रूपैयाँ अनुदान दिनेछ।

‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो। आज सरकारले ६३५ रूपैयाँ मूल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *