वीर अस्पतालका निर्देशक डा. पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

सो मन्त्रालयले गत मङ्सिर १४ गते डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध डा पौडेलले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *