एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा सर्वोच्चले जारी गर्‍याे कारण देखाऊ आदेश

दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिद-बिक्रीविरूद्ध प्रतिनिधिसभाका स्वतन्त्र डा. अमरेशकुमार सिंहले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। लामो समयदेखि ‘हेर्न नभ्याइने’ मा परेको सिंहको रिटमा मंगलबार सुनुवाइ भएको हो।

यसअघि मंसिर २४ गतेदेखि लगातार ‘हेर्न नभ्याइने’ मा परेको सिंहको रिट पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए। पुस २ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद-बिक्री भएको दाबी गरेका छन् । उनले शेयर खरिद-बिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

सिंहले मंसिर २२ गते दर्ता गरेको रिटमा एनसेल आजियाटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग मातहतका ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *