
भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा लाग्यो आगो

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरमा आगो लागेको छ। मन्त्री क्वार्टरभित्र रहेको टहरामा आगो लागेको हो।
मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगो लागेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
कामदारले बिहान खाना पकाउने क्रममा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।
अहिले आगो निभाइसकिएको छ। क्षतिको विवरण आउन बाँकी छ।
प्रतिक्रिया