जातीय पहिचानको कुरा गर्नेहरूका कारण देश अस्थिरता तर्फ गयाे : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन्। विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्नेहरूले नै जातीय पहिचानको कुरा गर्दा देश अस्थिरता तर्फ गएको बताए।

उनले एमाले चुनावका बेला पनि साझा नामका पक्षमा रहेको र सबैको सहमतिमा कोशी नाम राखिएको बताए। उनले, ‘भने जातीय नाम राख्छौ भनेर मत मागेपछि धोका दिए । जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे।’

उनले हालै सम्पन्न सङ्कल्प यात्रा एमालेको भए पनि कार्यक्रम सर्वदलीय भएको बताए।

धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र दिएको साझा र सामूहिक समस्या प्रकट भएको उल्लेख गर्दै उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त माग राखेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर