नेपालगञ्जबाट पठाएका मोबाइल पार्टस् काठमाडौं विमानस्थलमा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको ठूलो परिमाणको मोबाइल पार्टस् काठमाडौं विमानस्थलमा फेला परेको छ । यति एअरको एनवाईटी ४२४ मा सोमबार साँझ ६ बजे आएको उडानमा ती सामान फेला परेको हो ।

नेपालगञ्जबाट सुपर काइनेटिक कुरियरको मोबाइल नम्बर ९८४१२६३४८१ ठेगानाबाट पठाइएको मोबाइल पार्टस् बिलबिजक नभएको अवस्थामा फेला परेको हो । भन्सार छलेर ल्याएका ती सामान सुराकीको आधारमा राजश्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप राई नेतृत्वको टोलीले फेला पारेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा नियन्त्रणमा लिइएको पार्टसको तौल १५० किलो भएको भन्सारले जनाएको छ । १२ कार्टुनमा करिव १५ सय थान विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु बरामद भएको हो । बरामद सामानका छ कार्टुनमा जय माँ दुर्गा इम्पेक्स र न्यौपाने ट्रेडर्सको नाममा छ कार्टुन लेखिएको छ ।

बाँकेको जमुनाहा नाकाबाट पोका बनाएर नेपाल भित्र्याइएका ती पार्टस् धम्बोझी चोक नजिकैको एक स्टोरमा संकलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद सामानलाई सम्बन्धित व्यक्तिको रोहबरमा मंगलबार चेक जाँच गरेपछि चोरी निकासी पैठारी सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाही अघि बढाइने विभागले जनाएको छ । यसका लागि सम्बन्धित आयातकर्ताले प्रज्ञापन तथा विल बिजक पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *