बिलबिजकभन्दा बढीको प्याज बोकेको पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढीको प्याज बोकेको पिकअप नियन्त्रणमा लिएको छ।

आइतबार राति वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ अवस्थामा वीरगञ्ज महानगरपालिका-१४, गण्डक चोकस्थित सडकखण्डबाट ना ४ च ८७१३ नम्बरको मालवाहक पिकअप नियन्त्रणमा लिएको हो।

सो पिकअपलाई रोकेर जाँच गर्दा बिलबिजकभन्दा बढीको प्याज लोड तथा बिलबिजक शंकास्पद रहेको पाइएपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थपलियाले बताए।

प्रहरीले उक्त पिकअपमा लोड रहेको प्याजको बजार मूल्य १ लाख ४७ हजार ७५० रूपैयाँ अनुमान गरेको छ।

बरामद प्याज थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोमबार गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *