भीड व्यवस्थापनका लागि काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली शुरू

काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली शुरूवात गरेको छ । सोमबारबाट जिल्ला अदालतले अदालतलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको शुरूवात गरेको जनाएको हो ।

टोकन प्रणालीको शुरूवात गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरूवात गरेको बताए ।

उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउने योजनाअनुसार आफूहरू अघि बढेको बताए ।

उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । उनले अबबाट उभिए सेवा लिनुपर्ने असहजता नहुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *