हमासले प्रयोग गर्ने अहिलेसम्मकै ठूलो सुरुङ फेला परेकाे इजरायली सेनाको दाबी

इजरायली सेनाले गाजामा सबैभन्दा ठूलो हमासले प्रयाेग सुरुङ पत्ता लगाएको दाबी गरेको छ। उक्त सुरुङ गाजाबाट इजरायलको सीमासम्म जानको लागि डिजाइन गरिएको बताइकाे छ।

सुरुङका तस्बिर तथा भिडियो सार्वजनिक गर्दै इजरायली सेनाले चार किलोमिटरभन्दा लामो सुरुङ फेला पारेको बताएको हो। सुरुङमा मिनी ट्रक गुड्न सक्छ भने स्याटेलाइट फोनसहितका सुविधा छन् । यस्तै जमिनबाट १६५ फिटको गहिराइसम्म सुरुङ फैलिएको छ । हमासका कमाण्डरहरु लुक्ने अनुमान गरिएको यो सुरुङसँग जोडिएका कैयौँ सहायक सुरुङ फेला परेको इजरायलको दाबी छ।

गाजामा हमासले करिब पाँच हजार किलोमिटर सुरुङ सञ्जाल बनाएको आशंकामा इजरायली सेना सुरुङको खोजीमा छ।

इजरायलले भेटिएका सुरुङ नष्ट गर्दै आएको छ। यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा गरेको आक्रमणमा ९० जनाको मृत्यु भएको छ। १०० भन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आक्रमणबाट शरणार्थी शिविरसँगैको एक आवसीय भवनमा पनि क्षति पुगेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *