
त्रिविको ४९ औँ दीक्षान्त समारोह आज, साढे १२ हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज सोमबार हुँदैछ।दशरथ रङ्गशालामा हुने समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिँदैछ ।
त्रिविले पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरिसकेको छ। त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई अहिले ८ देखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरिसक्न भनेको छ।
यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ।
दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ। एमफीलरपीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ। ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने भएको छ।
यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको छन्। २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया