
७ गतेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

आगामी पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ। यस सडक खण्ड अन्तर्गतको तुइन खोलामा पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरूको बैठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो।
यसअघि गत वर्षको पुसमा पनि सो क्षेत्रमा बन्द गरेर भत्ता काट्ने काम गरिएको थियो।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया