इजरायलले भन्याे- गाजामा सैन्य कारबाहीका क्रममा गल्तीले ३ बन्धक मारिए

इजरायलले गाजामा जारी सैन्य कारबाहीका क्रममा हमासले बन्धक बनाएका तीन इजरायली नागरिक गल्तीले मारिएकाे जनाएकाे छ । हमासले बन्धक बनाएका २८ वर्षीय योतम हाइम, २२ वर्षीय समीर तलल्का र २६ वर्षीय एलोन शमरिजलाई खतराका रूपमा पहिचान गरेर मारिएको सेनाले जनाएको छ ।

इजरायली सेनाले यस घटनाप्रति दुःख व्यक्त गर्दै गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनालाई सैनिकले गोली हानेको बताएको छ । यी तीनै जनाकाे शवलाई इजरायल ल्याइएको छ ।

इजरायली सेना (आईडीएफ) ले शुक्रबार भएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यस दुखद घटनाप्रति सेनाले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ ।

इजरायलकाे सेनाले भनेकाे छ, ‘हाम्रो राष्ट्रिय मिशन बेपत्ताको खोजी गर्नु र सबै बन्धकहरूलाई फिर्ता ल्याउनु हो ।’  अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेकाे थियाे । त्यसक्रममा बन्धक बनेका धेरै मानिसहरू अहिलेसम्म रिहा हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *