अमेरिकाबाट ल्याइएको ५५ केजी गाँजा विमानस्थलमा बरामद

अमेरिकाबाट ल्याइएको ५५ केजी गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । विमानस्थल प्रहरीका अनुसार विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ ।

१०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलका भन्सार प्रमुख डा। टोकराज पाण्डेले बताए ।बरामद गाजा अनुसन्धानका लागि लागू औषध विभागमा पठाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *