बेइजिङमा ठोक्किए दुई रेल, १०२ जनाकाे हड्डी भाँचियाे

चीनको राजधानी बेइजिङमा जमिनमुनि चल्ने दुईवटा सबवे रेलहरू एकआपसमा ठोक्किएकाे छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दुर्घटनाको पुष्टि गरेका छन्।

दुर्घटनामा परी १०२ जनाकाे हड्डी भाँचिएकाे छ भने उनीहरूसहित घाइते भएका ५१५ जना अस्पताल भर्ना भएका थिए।

शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ। अन्यकाे उपचार जारी छ।

हालसम्मको जानकारीअनुसार चेंगपिङ सबवे लाइनमा हिउँ परेका बेला यी रेलहरू उच्च स्थानबाट तल झर्दा दुर्घटना भएको हो।

चिनियाँ राजधानीको यातायात सञ्जालमा यस्तो दुर्घटना असामान्य हो।

हिमआँधीका कारण रेलमार्गमा चिप्लिँदा यो दुर्घटना भएको हो।

चाइना डेलीका अनुसार यसका कारण सिग्नल बिग्रेको थियो, जसले गर्दा पहिलो रेललाई ब्रेक लगाउनुपरेको थियो।

रेलवे ट्र्याकमा हिउँ जमेका कारण पछाडि दौडिएको टोलीले समयमा ब्रेक लगाउन नसकेर पहिलो रेल पछाडिकोसँग ठोक्किएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *