पिस्तोल, गोली र खैरो हेरोइनसहित भक्तपुरबाट दुई जना पक्राउ

भक्तपुरमा अवैध हतियार र लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका-१०, नलिन्चोकबाट प्रहरीले बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा इलामको इलाम नगरपालिका-१ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोती नगरपालिका-२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट १ थान पिस्तोल, सोको गोली ५ राउण्ड, म्यागजिन २ थान, अवैध लागुऔषध खैरो हेरोइन ५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती, भक्तपुर पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *