अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा दुई जना पक्राउ
नक्कली कागजातका आधारमा अध्यागन अधिकृतसँग सेटिङ मिलाएर नेपालीलाई विदेश पठाएको आरोपमा दुई जना पक्राउ परेका छन्। ट्राभल्स एजेन्सीका सञ्चालक र कर्मचारी पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र सोही ट्राभल्समा काम गर्ने मनोज तामाङका सालो पदम लामालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेका थिए।
प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रूपैयाँसम्म लिएर विदेश उडाउन सहजीकरण गरिदिने गरेको खुलेको थियो।
थप अनुसन्धानका क्रममा उनीसँग सम्बन्धका आधारमा ३०० जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक र कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया