मणिपालबाट हराएका बिरामी सेती नदीमा मृत भेटिए

पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी सेती नदीमा मृत फेला परेका छन्।

तनहुँ घर भई पोखरा महानगरपालिका-१६ स्थित लामाचौर बस्ने १९ वर्षीय संगम मिश्र त्यसरी मृत फेला परेका हुन् । उनी सोमबार उपचारका लागि बाबु हरिप्रसाद मिश्रसँगै अस्पताल पुगेका थिए । तर बाबु औषधी लिन गएको मौका छोपी उनी अस्पतालबाट हराएका थिए ।
त्यसपछि उनको खोजी थालिएको थियो। उनको खोजीका लागि प्रहरीले पोखरा महानगरपालिका-१६ दीपस्थित सेती नदीको ड्याम खोलेको थियो।

त्यसरी खोजी गर्दा शुक्रबार अपराह्न साढे ३ बजे पोखरा महानगरपालिका-३ नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा मिश्र मृत भेटिएका थिए ।

मृतकको शव पोष्टमर्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *