अष्ट्रेलियामा बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुग्यो

नोकरीमा वृद्धि भए पनि अष्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको अवधिमा उच्चतम स्तरमा पुगेको छ ।

अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।

यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रिय रूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।

एबीएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रिय रूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबीएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अष्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।

अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अष्ट्रेलियालीले काम गरेको घन्टाको कुल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *