संसद सेवामा कार्यरत कर्मचारीहरूको सेवा-सुविधा बढाउन प्रयत्न गर्छु : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संसद सेवामा कार्यरत कर्मचारीहरूको सेवा-सुविधा बढाउन प्रयत्न गर्ने बताएका छन्।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औं संघीय संसद सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले संसद सेवामा कार्यरत कर्मचारीहरूको सेवा-सुविधा बढाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले यस सन्दर्भमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताए।

उनले पहिलो र दोस्रो संविधानसभाको पालामा संसदका कर्मचारीहरूले रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरूको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताए।

संसदका कर्मचारीहरूको कामप्रतिको तदारूकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भन्दै उनले आफूले उनीहरूको दुःख बुझ्ने बताए। उनले आफू कर्मचारीहरूको मित्र भएको भन्दै उनीहरूको सुख-दुःखमा सधैं साथ दिने बताए।

उनले संसद सेवाका कर्मचारीहरूको वृत्ति विकासमा पनि ध्यान दिइने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *