दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
२८ मंसिर २०८० १०:२१
नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा सेवा प्रदायकहरूले अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ–मेल)सहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनीको इजाजत खारेज गरिएको हो ।
तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेका कारण युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि. र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र प्राधिकरणले खारेज गरेको हो ।
दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम दर्ता खारेज गरिएको प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ।
प्रतिक्रिया