राप्रपा पार्टी कार्यालय भत्काउन नपर्ने उच्च अदालतको फैसला
२८ मंसिर २०८० ८:१८
उच्च अदालत पाटनले काठमाडौं महानगरलिकाविरुद्धको फैसला सुनाएको छ । अदालतले महानगरविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउन नपर्ने फैसला गरेको हो ।
बुधबार न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले राप्रपा पार्टी कार्यालय भत्काउन नपर्नेगरी फैसला गरेको हो ।
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत भवन बनेको भन्दै डोजर लगाएर पार्टी कार्यालय भत्काउने तयारी गरेको थियो । त्यसविरुद्ध राप्रपाले अदालतमा मुद्दा हालेको थियो ।
प्रतिक्रिया