रूसी सेनामा दुई सय नेपाली रहेको जानकारी आएको छ : प्रधानमन्त्री
२५ मंसिर २०८० १७:१९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दुई सय जना नेपाली युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा भर्ना भएको बताएका छन्।
सोमबार प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रमण र अध्ययन भिसामा रूस पुगेका करिब दुई सय जना नेपाली रूसी सैनिकमा भर्ना भएको जानकारी प्राप्त भएको बताए।
प्रधानमन्त्री दाहालले रूसी सेनामा गएका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए।
रूसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको यसअघि सरकारले बताएको थियो।
प्रतिक्रिया