संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

रिक्त संघीय संसदको महासचिव पदमा सचिवालयका सचिव पदमप्रसाद पाण्डेको नाम सिफारिस भएकाे छ।

नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट उनको नाम सिफारिस भएको हो।

यसअघिका महासचिव डा. भरतराज गौतमले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा. गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएक हुन्।

महासचिव डा. गौतम वि. सं. २०५१ मा सेवामा प्रवेश गरेका थिए भने वि. सं. २०७७ वैशाख २२ गते संसदको महासचिव पदमा नियुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर