जब पत्तै पाएनन् पाइलटले जहाज ल्याण्ड गर्दासम्म आपतकालीन ढोकाको सिसा खसेको…

काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

तारा एयरको नाइन एन एएलओ कलसाइनको जहाज बिहान ९:३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रूटमै खसेको पाइएको हो । तर, यसको जानकारी भने जहाज ल्याण्ड गरेपछि मात्रै भएको हो ।

जहाज काठमाडौंबाट उड्ने क्रममा भने आपतकालीन ढोकाको सिसा ठीकठाक थियो । तर, लुक्लामा ल्याण्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नरहेको पाइएको हो ।

जहाजमा दुई जना यात्रु पनि थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाज सकुशल अवतरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *