गाजामा युद्धविराम गर्ने राष्ट्रसंघीय प्रस्तावविरुद्ध अमेरिकाद्वारा ‘भिटो’ प्रयोग

गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गरेको छ। जसका कारण यो प्रस्ताव पारित हुन नसकेको हो।

बेलायत भने मतदानमा अनुपस्थित रहेको थियो। फ्रान्सले यो प्रस्तावको पक्षमा मतदान गरेको थियो। अमेरिकाको भिटोका कारण युद्धविरामको प्रस्ताव तत्काललाई असफल भएको छ ।

अमेरिकाले उक्त कुरा हतारमा भएको र उचित सल्लाह नलिइएको बताएको छ। अमेरिकाका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गरिएकै छैन।

यसका प्रतिनिधिले सुरक्षा परिषद्लाई भने, अक्टोबर ७ मा हमासले गरेको काम कुनै पनि देशले सहन सक्दैन।अमेरिकाले यो प्रस्तावको सबैभन्दा असोभनीय पक्ष ‘बिनाशर्त युद्धविराम’को अपील भएको पनि बताएको छ ।

अमेरिकाका अनुसार बिनाशर्त युद्धबिराम गरे हमासले फेरि अक्टोबर ७ मा गरेको काम दोहोर्याउन सक्ने छ। अमेरिकी प्रतिनिधिले भने, ुदुर्भाग्यवश हाम्रा प्राय सबै सिफारिसहरूलाई बेवास्ता गरियो। यो हतारले असन्तुलित समाधान निकालेको छ, जुन वास्तविकताबाट अलग छ।

अमेरिकाको भिटोबारे चीन र रुसले आलोचना गरेका छन्। बेइजिङले नागरिक जीवनको चिन्ता व्यक्त गर्दै युद्धविरामको मस्यौदालाई समर्थन गर्न अस्वीकार गरेर अमेरिकालाई ‘आत्मविरोधी‘ भएको आरोप लगाएको छ। त्यस्तै रुसले अमेरिकालाई ‘हृदयविहीन’ भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर