‘अभ्यास सूर्यकिरण’ काे १७ औं संस्करण भारतमा सम्पन्न, स्वदेश फर्कियो नेपाली सेनाको टोली
२२ मंसिर २०८० १८:१३
नेपाली सेना र भारतीय सेनाबीच भएको ‘अभ्यास सूर्यकिरण’ को १७ औं संस्करणमा सहभागी नेपाली सेनाको टोली स्वदेश फर्किएको छ ।
मंसिर ८ देखि २१ गतेसम्म भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास सूर्यकिरणमा सहभागी नेपाली सेनाको टोली शुक्रबार स्वदेश फर्किएको हो ।
अभ्यास सूर्यकिरणमा नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको टोली सहभागी थियो । अभ्यास सूर्यकिरण प्रतिविद्रोह तथा प्रतिआतंकवाद, अन्तरक्रियाशीलता र विपद् व्यवस्थापनमा आधारित हुन्छ ।
नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औं संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट पर्यवेक्षक प्रतिनिधि टोलीमा सहायक रथी सानुकाजी थापा खटिएका थिए ।
प्रतिक्रिया