एनसेलको शेयर खरिद-बिक्रीबारे छानबिन गर्न समिति गठन

सरकारले एनसेलको शेयर खरिद-बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद-बिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिइन् । समितिलाई ३० दिनको समय दिइएको छ ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल) को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो । समितिले आजैबाट काम सुरू गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *