मेजर नवराजको कमाण्डमा १६२ जना शान्ति सैनिक सिरिया प्रस्थान

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि विभिन्न मुलुकहरूमा नेपाली सेना यूएन मिसनहरूमा सहभागी हुँदै आएको छ ।

यसै क्रममा बिहीबार संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ), सिरियाका लागि फोर्स हेडक्वार्टर वा सपोर्ट युनिट १२ औैं डफ्फा मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौं डफ्फा इन्जिनियर सेमु आठौं डफ्फा अस्पताल पाँचौं डफ्फा रक्लोज प्रोटेक्सन युनिट चौथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू सेनानी नवराज नाथको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

उक्त मिसनमा कार्यरत विभिन्न युनिटहरुका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा आजै मंसिर २१ गते राति स्वदेश आगमन हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर