
संघीयताले देश समृद्ध हुँदै गएको छ : विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बता्उका छन् ।
नेपाली कांग्रेस दाङले घोराहीमा आज पार्टी सङ्गठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताउनुभयो । पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले सुनाउनुभयो ।
‘भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन,’ उनले भने ।
एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्नुहुँदै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताए ।
प्रतिक्रिया