मोरङमा आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको कबाड गोदाममा बुधबार दिउँसो भएकाे आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुई जनाको घटानस्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएकाे हाे।

दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा गएराति ८ बजे मृत्यु भएको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *