सुर्खेतको वीरेन्द्रनगरस्थित एक स–मिलमा भीषण आगलागी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ। आज बिहान ५ः३० बजे नै विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए। उक्त मेसिनहरू ध्वस्त भएको छन्। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *