प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरबीच भेटवार्ता भएको छ ।

दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं पुग्ने बित्तिकै उनले बुधबारै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *