एनसेल खरिद-ब्रिकी विवादमा आजियाटाको जवाफ- नेपालको कानुन पालना गर्न प्रतिबद्ध छौं
एनसेल आजियाटाले विवादमा परेको शेयर खरिद-बिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ।
मंसिर १५ गते शेयर खरिद-बिक्रीको पूर्वस्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भए पनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद-बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो।
त्यसको जवाफमा प्राधिकरणलाई पत्र पठाउँदै एनसेल आजियाटाले नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ।
प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद-बिक्रीमा कम्पनीले नेपालको कानुन पालन गर्न तयार रहेको उल्लेख गरेको बताए।
आजको अर्थ समितिको बैठकमा खनालले एनसेल खरिद-बिक्री प्रकरणबारे जवाफ दिइरहेका उनले यसबारे जानकारी दिएका हुन्।
आजियटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको एनसेलको शेयर करिब ६ अर्ब ६५ करोड रूपैयाँ (५ करोड अमेरिकी डलर) मा बिक्री गरेपछि विवाद भइरहेको छ। बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गरेको हो।
प्रतिक्रिया