घट्यो सुन-चाँदीको मूल्य

साताको कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ८ सय रूपैयाँले घटेको छ ।

बुधबार सुनको भाउ तोलामा ८ सय रूपैयाँले घटेर १ लाख १८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको भाउ मंगलबार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रूपैयाँ पुगेको थियो ।

बुधबार चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलामा ४५ रूपैयाँले घटेर १ हजार ५ सय रूपैयाँमा झरेको चाँदी बुधबार २० रूपैयाँले घटेर १ हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *