तस्करीको सुन गाल्ने कारखानामा प्रहरीकाे छापा, एक जना पक्राउ

काठमाडौंको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ। गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

कारखाना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिए।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *