सहसचिवमा बढुवाका लागि १५ जना उपसचिवकाे नाम सिफारिस, काे-काे परे ?

सहसचिवमा बढुवाका लागि १५ जना उपसचिवकाे नाम सिफारिस भएकाे छ। बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल र कमान सिंह खत्री रहेका छन् । यसैगरी विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिगांस अधिकारी पनि बढुवा सिफारिसमा परेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *