नाइजेरियामा सेनाको ड्रोन दुर्घटना हुँदा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख गरेको छ ।

यता सेनाले भने असाबधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । यद्यपि सेनाले कुनै हताहतीको तथ्याङ्क दिएको छैन । तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *