प्रधानमन्त्री सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेपछि फर्कियो काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता भएको छ।

मंगलबार बिहान ८:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज मौसम खराबीका कारण जनकपुर विमानस्थलमा अवतरण हुन नसकेको हो।

जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलले जनाएको छ।

प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्। प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *