एनसेल कार्यालय अगाडि अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेकाे छ। एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएकाे भन्दै अनेरास्ववियुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेकाे हाे।

प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन्। माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल शेयर विक्रीको छानबिन गर जस्ता नारा लेखिएका प्ले कार्ड उनीहरुले बोकेका छन् ।

अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन्। एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो। अहिले सो विषय चाैतर्फी रुपमा विवादित बनेको छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *