आगो ताप्ने क्रममा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ । आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए । लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो।

घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो। काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *